काभ्रे  – विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले कोरोना भाइरस रोकथामको लागि भन्दै देशलाई झण्डै चार महिना सम्म लकडाउन अवस्थामा राखेको थियो । लकडाउन अवस्थामा रहदा प्राय धेरै मानिसहरु सुरक्षित अवस्थामा थिए । भने कतै कतै बिदेश बाट आएका मानिसहरु लाई कोरोना संक्रमण देखिन्थ्यो ।

चार महिना पछि नेपाल सरकारले लकडाउनको अन्त्यको घोषण गर्यो त्यस पछि बिस्तारै कोरोना संक्रमितको संख्या बढदै गयो । बिस्तारै बिस्तारै समुदायमा प्रवेश गर्‍यो कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएकोले फेरि काठमाडौं उपत्यकामा जोर बिजोग प्रणाली लागू गरियो ।

एक जिल्ला बाट अर्को जिल्ला प्रवेशमा रोक लगाइयो । यसरी लकडाउन खुकुलो भए पछि चहलपहल बढदै अहिले काठमाडौं उपत्यकामा बिना पास सवारी प्रवेशमा रोक लगाइएको छ । काठमाडौं जिल्ला प्रशासनले एउटा सूचना निकाल्दै अब बिना पास अतिआवश्यक बाहेक सम्पुर्ण सवारी साधन लाई प्रवेशमा निधेष गरेको थियो ।

अहिले स्थिति भयावह हुँदै गएको छ । कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यका लगायत काभ्रे जिल्लामा पनि फैलिदै गएको छ । उपत्यका सँगै रहेको कारणले पनि काभ्रे जिल्ला जोखिमपूर्ण रहेको छ यस्तो अवस्थामा काभ्रे जिल्लामा कोरोना भाइरस रोकथामका लागी धेरै प्रयास भएका थिए । तर अहिले लकडाउनको अन्त्य पछि काभ्रेमा पनि स्थिति भयावह हुँदै गएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुदै गएको अवस्थामा प्रशासनले खासै चासो देखाएको देखिदैन । पहिला नै यस्तो स्थिति आउन सक्छ भनेर पुर्व तयारी गर्नु पर्न थियो त्यस्तो खासै देखिदैन । जिल्लामा अहिलेसम्म ७० जना लाई कोरोना संक्रमण देखिसकेको छ ।

काभ्रे जिल्लाका गाउँपालिका तथा नगरपालिकाले पनि गाउँ र नगर बासीका लागि कोरोना भाइरस रोकथामको लागि ठाेस कदम चाल्न नसक्दा स्थिति भयावह हुँदै गएको छ ।

अस्ति मात्र रामेछाप घर भई वनेपा बस्ने ५७ वर्षका पुरुष १, वनेपा ९ बस्ने ५४ वर्षका पुरुष १ , वनेपा ७ बस्ने वर्ष ७ का बालक १ र वर्ष ३४ की महिला समेत गरी वनेपा न. पा का चार जना, वर्ष २७ का १ र वर्ष ३२ का २ समेत गरी नमोबुद्ध नपा का तीन जना र बेथानचोक गाउँपालिका घर भई वनेपा बस्ने पाँचखालमा कार्यरत एक जना गरी हिजो काभ्रे जिल्लामा जम्मा आठ जनामा कोरोना संक्रमण देखिएको थियो ।

दिन प्रतिदिन संक्रमितको संख्या बढदै गएको अवस्थामा कोरोना संक्रमित लाई उचित ठाउँमा ब्यवस्थापन गर्न सकेका छैनन् । अहिलेको अवस्थामा विभिन्न बहाना बनाउदै प्रशासन देखि जनप्रतिनिधिले कोरोना संक्रमित लाई घर घरमा नै छोडिदिन थालेका छन ।बिदेश बाट आएका र शंका लागेका मानिसहरु लाई राख्ने क्वारेन्टाइनको अभाव हुनुको साथै आइसोलेसन नहुदा जिल्लाका कोरोना संक्रमित आफ्नो घर घर लाई आइसोलेसन बनाउदै आएका छन ।

काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ९ मा हिजो दुई जना कोरोना संक्रमित भएका थिए ती दुई जना लाई जिल्लामा आइसोलेसन नहुदा आफ्नो घरमा नै बस्दै आएका छन ।

बैदेशिक रोजगारबाट फर्किएका तथा शहरबाट गाउँ फर्किएकाहरु निर्वाध हिडडुल गरेका कारण समुदायमा कोरोना संक्रमण फैलन थालेको छ । भुम्लु गाउँपालिकामा सोमबार थपिएका चार ब्यक्ति समुदायमा खुलेआम हिडिरहेका थिए । २०७७ साउन २६ गते १९ बर्षिय युवामा कोरोना पुष्टी भएको थियो । युवकसँगको सम्पर्कमा आएका चार जनामा संक्रमण हो ।

जिल्लामा क्वारेन्टाइन र आइसोलेसनको उचित ब्यवस्थापन नहुदा अब झन स्थिति भयावह हुन सक्ने सबैले अनुमान लगाउदै आएका छन ।यसरी कोरोना संक्रमितलाई घरमा नै छोडिदिदा झन स्थिति भयावह हुन सक्छ । आ-आफ्नो घरमा बस्दा संक्रमित मानिसहरु घर बाहिर निसक्ने हुँदा झन खतरा हुने र समाज फैलने गर्छ त्यसैले काभ्रे प्रशासन र स्थानीय तहले विशेष ध्यान दिन जरुरी छ ।

भुम्लु गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष २८, वर्ष ३५, वर्ष ३६ र वर्ष ५२ का पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा संक्रमण हुनेहरुको संख्या ८० पुगेको छ । यस अघि ७६ जनामा संक्रमण भई ३२ जना निको भएर घर फर्किसकेका थिए ।

समुदायमा फैलँदै गएको संक्रमणमा लार्पवाहि प्रमुख कारण देखिएको छ । स्थानीय सरकारले नागरिकहरुको निगरानी बढाउन नसक्दा जोखिम बढ्दै गएको हो । कुरियरमा काम गर्ने भन्दै ढाँटेका युवाका कारण भुम्लु गाउँपालिकामा कोरोना फैलिएको हो । उनी सहित संक्रमण हुनेहरुको संख्या भुम्लु गाउँपालिकामा ६ पुगेको छ ।

भारतबाट गाउँ फर्किएर झुटो बयान दिई खुलेआम हिडिरहेका युवाबाट अन्य ब्यक्तिहरुमा संक्रमण फैलिएको छ । भुम्लु गाउँपालिका कोलाँती घर भएका युवक भारतबाट फर्किए पनि काठमाडौमा कुरियरमा काम गर्ने बताउँदै गाउँमा खुलेआम हिडिरहेका थिए । उनिसँग आउने अर्का युवक अझै सम्पर्कमा छैन ।