
पनौती नगरपालिका वडा नं. ११ मा नेपाली काग्रेंसमा सकृय राजनीति गर्ने यूवाहरु नेकपामा प्रवेश गरेको नेकपाका केन्द्रय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभएको छ ।
शनिवार बल्थलीमा आयोजित एक कार्यक्रममा नेकपा काभ्रेका इन्चार्ज समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले टिका लगाएर नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
कार्यक्रममा नवप्रवेशी कार्यकर्ताहरुले ‘बलथलीबाट काग्रेंस बडार्ने’ उद्घोष गरेका थिए । नेकपा वडा संयोजक नवराज थापाको सभापतीत्वमा भएको कार्यक्रमा नेकपाका नेताहरु रामहरी सुवेदी, बसुन्धरा हुमागाँई, भिम न्यौपाने, गिता बन्जरा, दैबलाल घिसिङ अनुशिल कुमार थाप, सुरेश हुमागाँई, शान्ता न्यौपाने, बिपिन लामा लगायतको उपस्थिति थियो ।
कार्यक्रमपछि पूवै मन्त्री बास्कोटाले नेपाली काग्रेंसले एक जना कार्यकर्ता लाँदा आफ्नो बाँया हात नै काटेक जसरी प्रचार गरको भन्दै आज एउटै वडाबाट काग्रेंसका मात्रै ९९ जना कार्यकर्ता नेकपामा प्रवेश गरेको भन्दै ट्विट गर्नुभएको छ । – पल पलको बाट साभार








