भुम्लु गाउँपालिका प्रमुख गुमान ध्वज कुँवरले सबैमा गरे यस्तो अपिल आदरणीय भुम्लु गाउँपालिका बुवा आमा, दाजु भाई तथा दिदि बहिनिहरु यस कोभिड १९ को महामारि ले हाम्रो गाँउ पालिका पनि अछुतो रहेन । त्यसैले आवश्यक काम बाहेक आफ्नो घर भन्दा बाहिर बिशेस काम बाहेक ननिस्कौ । निस्कनै परेमा मास्क तथा सेनेटाईजर को प्रयोग गरौ । बेला बेला मा साबुन पानीले मज्जाले हात धोयौ । भेट्घाट गर्दा सामाजिक दुरि कायम गरौ । गाँउ पालिका ले गाँउ पालिका भित्र सङ्क्रमित का लागि आवश्यक आइसोलेसन मा राखिनेछ सङ्क्रमित क्षेत्र का जनताको लागि शिघ्र भन्दा शिघ्र PCR टेष्ट गरिनेछ । यस माहान बिपत को घडिमा हामि एक आपस मा दुरि कायम गरि स्वस्थ्य रहौ र स्वस्थ्य रहन पहल गरौ । एक आपसको द्वेष र तुस फालि कोभिड -१९ बिरुद्द एक जुट होऔ ।
धन्यवाद
🙏🙏🙏
गुमान् ध्वज कुँवर
अध्यक्ष , भुम्लु गाँउपालिका








