यस कोभिड १९ को महामारिले हाम्रो गाँउ पालिका पनि अछुतो रहेन । त्यसैले आवश्यक काम बाहेक आफ्नो घर भन्दा बाहिर विशेष काम बाहेक अरु काममा बाहिर ननिस्कौ । निस्कनै परेमा मास्क तथा सेनेटाईजरको प्रयोग गरौ । बेला बेलामा साबुन पानीले मज्जाले हात धोयौ । भेट्घाट गर्दा सामाजिक दुरि कायम गरौ । गाँउ पालिकाले गाउँपालिका भित्र सङ्क्रमितका लागि आवश्यक आइसोलेसनको केन्द्र सरकार सङ्ग समन्वय गरि ब्यबस्था गर्ने छ भने सङ्क्रमित क्षेत्रका जनताको लागि शिघ्र भन्दा शिघ्र PCR टेष्ट तथा क्वारेन्टाईन को ब्यब्स्था गर्ने छ । यस माहान बिपत को घडिमा हामि एक आपसमा दुरि कायम गरि स्वस्थ्य रहौ र स्वस्थ्य रहन पहल गरौ । एक आपसको द्वेष र तुस फालि कोभिड -१९ बिरुद्द एक जुट होऔ ।
धन्यवाद
🙏🙏🙏
गुमान् ध्वज कुँवर
अध्यक्ष , भुम्लु गाँउपालिका








