बनेपा नगरपालिकालाई युवाहरुले बुझाए ध्यानाकर्षण पत्र


काभ्रेपलान्चोक – विश्वमहामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात नोभल कोरोना भाईरसको प्रकोप नेपालमा पनि दिनानुदिन बढ्दै गएको छ। त्यसैगरि काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारीक नगर तथा उपत्यकासँगै जोडिएको बनेपा नगरपालिकामा पनि संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। पछिल्लो केहि सातादेखि नेपाल सरकारले लकडाउनको अन्त्य गरेदेखि बनेपा व्यापारिक नगरीमा बाहिर जिल्लाबाट मानिसहरु आउने क्रम जारी रहेको र मानिसहरुको चाप बढेसँगै र विभिन्न होटल, रेष्टुरेन्ट, सैलुन तथा अन्य पसलहरु मापदण्ड विपरित सञ्चालन भईरहेको तथा नेपाल सरकारले भने विपरित हुल जमाउने कार्यक्रमहरु निरन्तररुपमा बढिरहेको हुँदा बनेपा नगरपालिकाका विभिन्न संघसंस्थाहरुको युवाहरुले आज बनेपा नगरपालिकामा ध्यानाकर्षण तथा अनुरोध पत्र बुझाएका छन। जसमा यस्तो लेखीएको छ ।

श्रीमान् लक्ष्मिनरसिँह बादे श्रेष्ठ ज्यु,
नगर प्रमुख
बनेपा नगरपालिका कार्यलय,
बनेपा, काभ्रेपलाञ्चोक

बिषय: ध्यानाकर्षण तथा अनुरोध बारे।

महोदय,
उपरोक्त बिषयमा विश्वमहामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात नोभल कोरोना भाईरसको प्रकोप नेपालमा पनि दिनानुदिन बढ्दै गएको सबैलाई जानकारी रहेको छ। त्यसैगरि
काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारीक नगर तथा उपत्यकासँगै जोडिएको यस बनेपा नगरपालिकामा पनि संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको सबैलाई सर्वविदितै छ।
यस बनेपा नगरपालिकाले हालसम्म कोरोना रोकथामका लागि गर्दै आएको प्रयासहरुले गर्दा नगरवासी सुरक्षित थिए। तर पछिल्लो केहि सातादेखि नेपाल सरकारले लकडाउनको अन्त्य
गरेदेखि यस व्यापारिक नगरीमा बाहिर जिल्लाबाट मानिसहरु आउने क्रम जारी रहेको र मानिसहरुको चाप बढेसँगै र विभिन्न होटल, रेष्टुरेन्ट, सैलुन तथा अन्य पसलहरु मापदण्ड विपरित सञ्चालन भईरहेको तथा नेपाल सरकारले भने विपरित हुल जमाउने कार्यक्रमहरु
निरन्तररुपमा बढिरहेको हुँदा हामी बनेपा नगरपालिकाका विभिन्न संघसंस्थाहरुको युवाहरुको
गम्भिर ध्यानाकर्षण भएको छ।
बनेपा नगरपालिकामा रहेको शिर मेमोरियल हस्पिटलमा P.C.R. Testing सम्बन्धि उपयुक्त
सामग्री पर्याप्त रुपमा उपलब्ध नभएको र P.C.R. Testing सम्बन्धी कार्यहरु पनि न्युनरुपमा
भएकाले नगरवासीहरुमा त्रास फैलिएको र स्थिती भयावह हुनसक्ने संकेत विभिन्न स्वास्थ्य
क्षेत्रका विज्ञहरुले हामीलाई जानकारी दिनुभएको छ।
त्यसकारण यस बनेपा नगरपालिका कार्यलयलाई निम्न लिखित समस्या तथा अनुरोधको बुँदाहरुमा ध्यानाकर्षण गराउन चाहन्छौँ। बनेपाका संयुक्त सामाजिक संघ-संस्थाका युवाहरु

बनेपा, काभ्रेपलाञ्चोक

बनेपा नगरमा अहिले देखिएका समस्याहरु:
१) यात्रुसँग बढी शुल्क लिएपनी मापदण्ड विपरित खचाखच यात्रु राखेर र सतर्कता नअपनाई
सार्वजनिक सवारिसाधन चलिरहेको।
२) उपत्याका प्रवेश गर्ने नाका साँगा र नालामा कडाई गरिएको तर उपत्याकाबाट बनेपा
नगरपालिकामा प्रवेश गर्न कडाई नभएको।
३) बिपी राजमार्ग तथा अन्य राजमार्ग हुदै दैनिक सयौं सवारीसाधन नगरमा बिना चेकजाँच
प्रवेश गरिएको।
४) होटल, रेष्टुरेन्ट, भट्टि पसल, चियापसलमा स्वास्थ्य मापदण्ड पुरा नगरि सञ्चालन गरिएको
र भिडभाडहुने गरि सञ्चालन गरिएको।
५) सैलुन, व्युटीपार्लर, जिमखानाहरु भिडभाडगरि सञ्चालन गरिएको।
६) अन्य व्यापारिक पसलहरु पनि स्वास्थ्य मापदण्डको विपरित संचालन गरिएको।
७) अत्यावसेक सामाग्री बोक्ने सवारीसाधनले मान्छे ओसार-पसार गरिेरहेको।

बनेपा नगरपालिका कार्यालयलाई नगरका सम्पूर्ण युवाहरुको अनुरोधहरु:
१) नगरपालिकाको हरेक वडामा एक घर एक P.C.R. Test गरियोस्।
२) Scheer Memorial Hospital मा आइसोलेसन क्षमता बढाउन र P.C.R. Test का लागी चाहिने सम्पूर्ण सामाग्रीको व्यावस्था मिलाइयोस।
३) होटल, रेष्टुरेन्ट, चियापसल, भट्टीपसलहरुमा दैनिक रुपमा अनुगमन बढाइयोस, “Take
Away” मात्र सञ्चालन गर्न अनुमती दिइयोस र यदि मापदण्ड पुरा नगरी नियम विपरीत
संचालन गरिएमा कारवाही गरियोस।
४) सैलुन, व्युटीपार्लर, जिमखाना, फुटपाथ पसल जस्ता स्थानहरु संक्रमण जोखिम नघटुन्जेलका
लागी स्वास्थ्य मापदण्ड पूरा गरी व्यवस्थित तरिकाले संचालन गराउने तथा अनुगमन गर्ने।
५) उपत्यका तथा अन्य नाकाबाट नगर प्रवेशमा चेकजाँचमा कडाई गरियोस र संक्रमित क्षेत्रबाट
नगर प्रवेश गर्नको लागी P.C.R Report अनिवार्य गरियोस्।

६) संक्रमणको जोखिम कम गर्नकालागी नगर भित्रका संस्था तथा अफिसहरुमा आवश्यक परेमात्र
कर्मचारीहरुलाई अफिसमा बोलाईयोस र आवश्याक नपरेको खण्डमा Work From Home System
लागु गर्नका लागी आग्रह गरीयोस।
७) अनावश्यक रुपमा हिँडडुल गर्ने, बिना मास्क र सतर्कता नअपनाइ यात्रा गर्नेलाई कारवाहि
गरियोस्।
८) चोक, बजार, गल्लि, राजमार्ग छेउछाउ, सहायक राजमार्ग छेउछाउ र भित्री सडकमा हुने
भिडभाडलाई व्यवास्थापन गरियोस् र अटेर गर्नेलाई कारवाहि गरियोस्।
९) सार्वजानिक सवारिसाधनमा निगरानी बढाइयोस् र तोकेको मापदण्ड अनुसार नचलाईएमा
तत्काल कारवाही गर्न प्रशासनलाई कडारुपमा निर्देशन दिइयोस।
१०) विदेश तथा अन्य जिल्लाबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखियोस् र क्वारेन्टाईनको
व्यवस्था नमिले Home Quarantine मा राखियोस र उक्त व्यक्तिको दैनिक रुपमा Follow up
गरियोस्।
११) बहिरबाट आएको व्यक्तिले क्वारेन्टाइनको नियम उलङ्घन गरिेएको पाइएमा कारवाहि
गरियोस्।
१२) कोरोना भाईरसको लक्षण देखिेएका मानिसहरुलाई राख्न पर्याप्त साथै नेपाल सरकार र विश्व
स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको क्वारेन्टाइन को निर्माण गरियोस्।
१३) संक्रमित व्यक्तिको छिटो भन्दा छिटो Contact Tracing गरियोस्। साथै व्यापारिक क्षेत्र तथा
पसलहरुमा Contact Tracing को लागि ग्राहकको नाम, ठेगाना र सम्पर्क नं संकलन गर्न यस
कार्यालय बाट पहल गरियोस्।
१४) Home Quarantine को लागी प्रयोग गरिेएको घरहरुमा नगर वा वडाबाट सबैले देख्नेगरि
सतर्कताको लागी चिन्ह राखियोस्।
१५) अत्यावसेक सामग्री बोक्ने सवारी साधनमा कडाइका साथ चेकजाँच गरियोस्।

प्रतिक्रिया दिनुहोस्