काभ्रे जिल्लामा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
चितवन जिल्ला माडि नगरपालिका – ८ घर भई हाल संघीय प्रहरी इकाई कार्यालय काभ्रेमा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेले जानकारी दिएको छ ।
उनका अनुसार कोरोना संक्रमण पुरुषलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहको बताईएको छ ।








