घूससहित बुटवल राजस्व कार्यालयका प्रमुख पक्राउ


रूपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जनालाई मंगलबार बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट नियन्त्रणमा लिएको छ । व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा घूस लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र घूसदिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । रकम दिने गुट्खा र चिनी व्यवसायी हुन् ।
दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्