काठमाडौंमा रहेको बग्गीखाना शिल, ३ सय ७५ ट्राफिक क्वारेन्टाइनमा


काभ्रेपलान्चोक – महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखाना शिल गरिएको हो । अहिले बग्गीखानामा कोहि कसैलाई बाहिर भित्र गर्न दिएको छैन ।

संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

३७५ जना क्वारेन्टाइनमा गएपछि महाशाखाका मातहतका अहिले साढे ११ सय हाराहारी जनशक्ति काममा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्