काेराेनाकाे जोखिम उच्च, फेरि लकडाउन !


काभ्रेपलान्चोक –  सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।                                                                         संक्रमितको ंसंख्या बढेसँगै कोरोनाबाट हुने मृत्युदरसमेत बढेको छ। विशेषगरी सीमावर्ती क्षेत्रमा कोरोना संक्रमणको दर बढ्को छ। पछिल्लो समय वीरगंजमा संक्रमित र मृत्युदर बढिरहेको छ। लकडाउन अन्त्य भएपनि सुरक्षा मापदण्ड अपनाउन सरकार र विज्ञले सुझाव दिँदै आएका छन्। तर सर्वसाधारणले सुरक्षा मापदण्ड नअपनाएको भन्दै विज्ञहरुले स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन्।                                                                                       कोरोना भाइरस समुदायस्तरसम्म नै फैलिन थालेको भन्दै केही समयको लागि फेरि लकडाउन गर्न सरकारमाथि दबाव बढ्दै गएको छ। फेरि लकडाउन होला नहोला त्यो नेपाल सरकारले निर्णय गर्ने छ तर कोरोना संक्रमित बढदै गएको कारण लकडाउन हुने धेरै मानिसहरुले बताउदै आएका छ्न ।

प्रतिक्रिया दिनुहोस्