कर्तव्य ज्यान मुद्दाका फरार दुई जना १२ घण्टामा नै पक्राउ


 

काभ्रेपलान्चोक – कर्तव्य ज्यान मुद्दामा संलग्न दुई जना फरार प्रतिवादीलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

हिजो पत्रकार सम्मेलन गरी फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले सार्वजनिक गरेको हो जिल्लाको धुलिखेल नगरपालिका –११ आरुबोटेका ५४ वर्षीय कामीसिंह तामाङको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

बिहिबार पाँचखाल नगरपालिका १० स्थित बिपी राजमार्गको भित्री सडकमा तामाङको शव फेला परेको थियो । नचिनिने अवस्थामा टाउको अनुहार तथा शरीरका विभिन्न भागमा चोट पटक भएको अवस्थामा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख समेतको अनुसन्धान टोलीले धुलिखेल नगरपालिका ११ बस्ने २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रुपेन्द्रमान लामालाई बिहिबार हत्यापश्चात लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबि पौडेलका अनुसार प्रहरीको अनुसन्धान समूहले बिहीबार साँझ नै दुवैलाई पक्राउ गरेको थियो । लामा काभ्रे र मैनाली ललितपुर ढुंगेसाँघुबाट पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्