गरिबी विरुद्ध लड्न सहकारी सबैभन्दा पहिलो र बलियो आधार स्तम्भ ; पूर्व मन्त्री बाँस्कोटा


 

काभ्रेपलान्चोक – पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने बताएका छन् ।सहकारी बजार विकास कार्यक्रमको सहयोगमा सहकारीहरुका लागि ढुवानी साधन हस्तान्तरण कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो भन्नू भएको हो ।

मुलुकमा गरिबी भएकोले एकैचोटी समाजवाद स्थापना गर्न नसकेको बताउँदै उलने गरिबी विरुद्ध लड्न सहकारी सबैभन्दा बलियो आधार सहकारी भएको दावी गरेका थिए ।

मुलुकमा गरिबी छ । गरिबी विरुद्ध लड्न सहकारी सबैभन्दा पहिलो र बलियो आधार स्तम्भ हो ।’ उनले आफू वेइमान गर्न राजनीतिमा नलागेको स्पष्ट पारेका छन् ।

७० करोड भ्रष्टाचारको आरोप लागेकोले आफू सामाजिक परिक्षणमा रहेको बताए । ‘यो ७० करोडेलाई किन प्रमुख अतिथि बनाएको ? भन्लान स्पष्टीकरण त दिनुपर्‍यो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्