पनौती रंगशाला निर्माण कार्य अगाडि बढ्छ ; प्रमुख न्यौपाने


 

काभ्रेपलान्चोक – काभ्रेको पनौती नगरपालिका क्षेत्रिय रंगशाला निर्माणको अवरुद्ध आज बाट हटेको छ ।

जग्गा विवादकै कारण क्षेत्रीय रंगशाला निर्माण रोकिएको थियो । साविक मल्पी गाविस-१ स्थित कित्ता नं. १३२ को जग्गा कँडेल परिवारले पञ्चायतकालमा सार्वजनिक जग्गा आफ्नो नाममा नाम सारेको स्थायीको दाबी थियो । तर विवाद अदालतमा पुर्‍यो र फैसला कँडेल परिवारको पक्षमा आयो ।

अदालतबाटै मुद्दा हारेपछि नगरपालिकाले कँडेल परिवारसँग सहमति गरेर त्यो जग्गा किनेको छ । स्थानीय नानीगिता कंडेल र गणेशकुमारी कंडेलको नाममा रहेको जग्गा नगरपालिकाले ३ करोड ६२ लाख रकममा खरिद गरेको हो ।

‘रंगशालाको जग्गा विवाद अब सकिएको छ, जग्गाको लालपूर्जा हात पारेपछि पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भन्छन्, अब निर्माण कार्य अगाडि बढ्छ ।’

हामीले अब छिटै पनौती रंगशाला निर्माण गर्ने छौ पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने राम्रो सन्देश लाई जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्