बनेपा,नेकपाका केन्द्रिय सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कानूनी व्यवस्थाभन्दा माथि कोही हुन नसक्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनु भएको छ ।
उहाँले जतिसुकै आफूमाथि आरोप लागे पनि सेक्युरिटी प्रिन्टिङ्ग प्रेस, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, एयरपोर्ट, पाँचखाल खानीपानी आयोजना, एकीकृत खानेपानी आयोजना, पुण्यमाता करिडोर, स्मार्ट सिटीलगायत आयोजना काभ्रे जिल्लामा ल्याउन सफल भएको बताउनुभयो ।
गौरवका आयोजनाहरु शुरु भए सँगै ब्यापारीक शहर बनेपाको विकासमा नयाँ आयाम थपिएको उहाँले बताउनु भयो । उहाले भन्नुभयो अब पर्यटन प्रवर्द्धन गरि विकास गरिन्छ । सम्भावित पर्यटन क्षेत्र को सबै तिर अनुगमन गरिसकिएको र सम्भावना हुने खालका पुर्वाधार निर्माण हुने पनि बिश्वास दिलाउनुभयो । उहाले भन्नुभयो टन्चोक ससिपानि, बासुकि पर्यटन बिकास गर्ने र टन्चोक तिमाल पर्यटन क्षेत्र विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
बनेपाको चारदोबाटोबाट गोदामचोक हुँदै बनेपा बसपार्कसम्म करिब एक किलोमिटर सडकपेटी र ढल सुधार गरिएको वडा न ७ का अध्यक्ष वर्ण शाक्यले जानकारी दिनुभयो । पूर्वाधार क्षेत्र विकास कोषमार्फत आएको ३९ लाख ३० हजार रुपियाँबाट उक्त सडक पेटी र ढल सुधार गरिएको थियो । बन्दाबन्दीका बीचमा उक्त काम भएको उपभोक्ता समितिका अध्यक्ष राजन शक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रे प्रमुख उद्वव के.सि, बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठ, उपमेयर रेखा सापकोटा दाहाललगाएतको उपस्थिति रहेको थियो । –नव क्षितिज साप्ताहिकबाट








