काभ्रेपलान्चोक – नेपाली कांग्रेस बनेपा नगर समितिले ३८ औ विपी स्मृति दिवसको अवसरमा बनेपामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेस बनेपा नगर समितिका अध्यक्ष राम जोशी र जिल्ला कोषाध्यक्ष कृष्ण गोपाल भैलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगर कार्य समितिले हरेक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै विपीको विचारलाई अनुशरण गर्दै समाजकै लागि योगदान पुयाउँदै आएको छ ।
खुल्ला रक्तदान कार्यक्रममा ७१ जनाले सहभागी जनाएको काभ्रे नेपाली कांग्रेस जिल्ला प्रचार बिभाग प्रमुख रबिन्द्र सिग्देल ले राम्रो सन्देश लाई जानकारी दिए । बनेपा स्थित पार्टी भेन्युमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न तहका नेताr तथा कार्यकर्ताको सहभागितामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।








