काभ्रेपलान्चोक – आजदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । साउन ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार दिन मनसुन तीव्र रूपमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ ।
विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले आगामी चार दिन देशका धेरैजसो स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताइन्

साउन ५ देखि ८ गतेसम्म प्रदेश–१, २, बाग्मती र गण्डकी प्रदेशका कन्काई तमोर, सुनकोसी, सप्तकोसी, कमला, वाग्मती, लालबकैया, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा यी नदीका सहायक नदीको जल सतह बढेर केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको जलविज्ञ सुनील पोखरेलले बताए ।