धुलिखेल, सञ्जिवनि ०४९ समुह धुलिखेलले पनौति नगर पालिका वडा नं. ८ दलित कल्याणकारि समाजबाट सञ्चालन गरिएको हयापि चिल्ड्रेन होमका वालवालिका लागि ४५ दिनका लागि खाद्यान्न वितरण गरेको छ ।
समुहका सल्लाहकार रमेश प्रसाद हुमागाई समुहका संयोजक, संजय माकजु, रोशनि धुजु श्रीकृष्ण देवजुले पनौति नगरपालिका वडा नं.८ का वडा अध्यक्ष केशव बञ्जराको उपस्थितिमा उक्त खाद्यान्न हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरेको खाद्यान्नमा चामल २५ किलोको ५ बोरा, चिउरा १ बोरा, तेल १ बाक्सा, दाल १० किलो, दालमोठ ५ पाकेट, चिनि ५ किलो, चियापत्ति १ किलो र नुन १० पाकेट र बिस्कुट २ बाक्सा रहेको थियो । समुहका सल्लाहकार हुमागाईले जहाँ अभाव त्याँहा हामि हुने र आगामि दिनमा समेत केही समस्या भय हामी थप सहयोग गर्ने वताउनु भयो । उक्त हयापि चिल्ड्रेन होममा हाल १५ जना अनाथ वालवालिका रहेका छन ।