राजधानीमा आज देखी मयूर यातायात सञ्चालन


काभ्रेपलान्चोक – आजबाट देशको केन्द्रीय काठमाडौंमा मयूर यातायात सञ्चालन सुरु गरेर यात्रु ओसारपोसार गर्न थालेको छ ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएको समयमा पनि मयूर यातायातले समितिको सिन्डिकेट तोड्दै सवारीसाधन सञ्चालन गरेको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्तमा बस नचलाउने निर्णय गरेको बेल मयूरले आजदेखि ६ वटा बसमार्फत सेवा थालेको छ ।

प्राप्त जानकारी अनुसार उक्त कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस सञ्चालन गर्नुका साथै रिंगरोडमा ४ वटा बस सञ्चालन गरेको छ । उक्त कम्पनीसँग ४४ वटा बस रहेकोमा यतिबेला यात्रुको चाप कम भएको कारण एकैपटक सबै सवारीसाधन निकाल्न नसकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्