यात्रु ओसारपसार गर्ने सवारीलाई काभ्रे जिल्ला ट्राफिक प्रहरीले गर्यो कार्वाही


काभ्रेपलान्चोक – नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको छ यस्तो अवस्थमा यात्रु ओसारपसार गर्ने सवारीलाई जिल्ला ट्राफिक प्रहरी काभ्रेले कार्वाही गरेको छ ।

आज बुधबार १३ वटा सवारीलाई नियन्त्रणमा लिई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले जानकारी दिए । उनका अनुसार अति आवश्यक सवारी जस्तै तरकारी, फलफूल, दूध लगायतका सवारीले चर्काे भाडा यात्रु ओसारपसार गरेको चेकजाँचका क्रममा पाइएको हो ।

नियन्त्रणमा लिइएका सवारीलाई ट्राफिक नियम बमोजिम कार्वाही गर्नुको साथै जनस्वास्थ्य, सुरक्षा मापदण्डका विषय लगायत ट्राफिक नियमबारेमा पनि सचेत गराइएको प्रमुख तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्