‘कुनै पनि हालतमा पार्टी नफुटाऊ’ ; नेकपा काभ्रे


काभ्रे,(बनेपा)जिल्ला नेकपा पार्टी कार्यलय बनेपामा नेकपाका नेता कार्यकर्ताले नेकपा पार्टी फुटमा अगाडि बढेको भन्दै नेकपा जिल्ला अध्यक्ष र सचिवलाई पार्टी फुट र विभाजन नहुनको निम्ति जिल्लामा रहेका नेकपा सम्बन्ध सबै भातृ संगठन हरुले ज्ञापनपत्र बुझाएका हुन।

ज्ञापन पत्र बुझाउने कार्यक्रम मा प्रदेश सांसद लक्ष्मण लम्सालले पार्टी विभाजन कुनै पनि हालतमा मान्य नहुने र पार्टी विभाजन हुन नदिने बताउनुभयो

पुर्ण रुपमा एकता नै नभएको अवस्थामा बिभाजन को कुरा आउनुलाइ सबैले गम्भीर भएर सोच्नु पर्ने सांसद लम्साल ले बताउनुभयो ।

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रम मा नेकपा पार्टी सचिव टोकबहादुर वाइवाले भन्नुभयो हामी फुट मन पराउदैनौ हामी बामपंथी विचारधारा का पार्टी कम्युनिस्ट सिद्धान्त र विधि पद्धति मा अगाडि बढ्ने पार्टी भएकोले फुटेर हैन जुटेर अगाडि बढि विकास गर्दै जनताको मन जित्न र प्रत्यक्ष विकासको महसुस गर्ने सकिने हामीले बनाउनुपर्छ उहाले भन्नुभयो ।

 

उहाले ज्ञापनपत्र बुझाउने सबै नेकपा सम्बन्ध नेता कार्यकर्ता र संगठनका साथिहरुलाई धन्यवाद ज्ञापन पनि दिनुभयो।

सोही ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्दै नेकपा पार्टी अध्यक्ष रुकु चौलागाईं ले भन्नुभयो । तपाईंहरूको माग र सुझाव हामीले मनन गरेका छौ।हामी पनि पार्टी फुटभएको र बिभाजन भएको हेर्ने चाहादैनौ यो ज्ञापनपत्र हामी केन्द्र सम्म पुर्‍याउने र हामी तपाईहरुको प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्र सम्म पार्टी फुट बाट जोगाउन पहल गर्छो उहाले भन्नुभयो।

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रमा नेकपा जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईं , सचिव टोकबहादुर वाईबा ,सदस्य हरिशरण दाहाल,रघुवर चौप्रधान,र विभिन्न पार्टी पंक्तिका नेता कार्यकर्ता को उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्