काभ्रेपलान्चोक – काभ्रेको रबिओपिमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका वार्ड नम्बर २ स्थित टिपरले मोटर साइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षिय बेदप्रसाद कोइराला र ५५ वर्षिय गोबर्दन कोइराला रहेका छन् । मृतक दुबै जनाको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।









