कबिन्द्र श्रेष्ठको नयाँ गीत ‘जब मैले तिमीलाई´बजारमा


काभ्रेपलान्चोक – कोरोना भाइरस कारण मनिसहरुको जीवन अस्त व्यस्त बनेको छ । यो संगै देशमा यस् बिषम परीस्थितिका कारण थुप्रै समस्याहरु आईपरेको छ ।

चर्चित गायक कबिन्द्र श्रेष्ठको बिल्कुलाई नयाँ गीत ‘जब मैले तिमीलाई”को भिडियो सार्वजनिक भएको छ । गीतलाई हिजो मात्र हिमालयन टेलिभिजन तथा इमेज च्यानलबाट वर्ल्ड प्रिमियरको रुपमा रिलिज गरिएको थियो ।

भिडियोलाई गायक स्वयमले निर्देशन गरेका हुन । राजु मानन्धर तथा निरन्जन लाल श्रेष्ठले संयुक्त रुपमा छांयाकन गरेका छन भने सम्पादन कार्य बिजेन श्रेष्ठले गरेका छन । कलर जेसिका प्रधानको रहेको छ ।

गीतमा नेपालको चर्चित सांगितिक समुह स्काई ब्याण्डको शब्द संगीत रहेको छ । गायक कबिन्द्र श्रेष्ठ चर्चित सांगितिक समुह स्काई ब्याण्डका लिड भोकलिष्ट पनि हुन ।

ब्याण्डका चर्चित एल्बम तथा गीतहरुमा रिमझिम रिमझिम, डाँडैमा मेला, हावा सरर, मायाको आधार, ड्रीम गर्ल्ज़ आदी रहेका छन । गीतलाई अर्का चर्चित गायक, संगीतकार, एरेन्जर तथा बहुप्रतिभाका धनी जेम्स प्रधानले एरेन्ज गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्