काभ्रेपलान्चोक – स्वर्गिय मदनभण्डारीको शालिक कहिल्य नढल्ने पूर्व-सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताए । पूर्वमन्त्री बाँस्कोटाले जननेता भण्डारीको शालिक, महेन्द्र विरेन्द्रहरुको जस्तो ढल्ने नभएको बताएका हुन ।

स्वर्गिय जननेता मदनभण्डारीको ६९ औं जन्मजयन्तीमा धुलिखेल नगरपालिका वडा १२ काभ्रेभञ्ज्याङमा निर्मित मदनभण्डारी पार्क परिसरमा आयोजित बृक्षारोपण कार्यक्रममा स्वर्गिय भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेपाली भण्डारी नेपाली कम्युनिष्ट आन्दोनको अभिन्न पक्ष भएको बाँस्कोटाले बताए ।