काभ्रेपलान्चोक – नमोबुद्ध नगरपालिकामा टंक प्रसाद तिमल्सिना नगर प्रमुखमा निर्वाचित भएपछि नमोबुद्ध नगरको स्वरुपमै निकै नै परिवर्तन आएको छ ।
उनी निर्वाचित भएको ३ बर्ष पुग्दै गर्दा नगरमा धेरै उदाहरणीय कार्य भएको पाइएको छ। नगर भित्र संञ्चालन गरिएका अव्यवस्थित इट्टा भट्टलहरु पनि उहाकै पालामा हटाइएको छ। टंक प्रसाद तिमल्सिना नगर प्रमुख हुनु पहिले एक कुशल पत्रकार थिए ।
उनले पत्रकारितामा ४० बर्ष संघर्ष र चुनौतिको सामाना गरेका थिए । उनको राम्रो बानिहरु धेरै रहेका छन। उनी दैनिक डायरी मेन्टन गर्छन, फुर्सदिलो भएर बस्न रुचाउदैनन्। यो लामो लकडाउनमा पनि उनले आफ्नो नियमित कार्य बाहेक समाजमा रहेका बुद्धिजीवी र युवाहरुसंग अन्तरक्रिया कार्यक्रम सामाजिक दुरी र भौतिक दुरी कायम गरि गरि रहे उनले भने।
नमोबुद्ध नगरमा ११ वटा वडा छन् । ७ वडा निर्माणाधीन अवस्थामा रहेको र ४ वडा आगामि कार्यक्रम मा समावेश गरि निर्माण गर्ने उनले बताए । नगरमा क्वारेन्टाइनको पनि राम्रो व्यवस्था रहेको र जिल्ला अस्पताल भकुण्डेको पनि सुधार गर्नु पर्ने कार्य गरि स्वास्थ्य सेवालाई सहज बनाइएको बताए ।
नगरपालिका भवन सुविधा सम्पन्न बन्दै गरेको र पत्रकार र सञ्चार माध्यम लाई नगरपालिकामा उचित स्थान दिने बताउदै उनले भने म पत्रकारिता बाट आएको व्यक्ति हु । पत्रकारले सहि कुराको खुलेर लेख्नु पर्ने हुन्छ।
इमानदारीता रहेसम्म विकास मिलेर गर्न सकिन्छ ।जनप्रतिनिधिहरुबाट भए गरेका कामको सबै विवरण मध्यान्तर भन्ने किताबमा प्रस्तुत गरेको र चाडै प्रकाशन हुने तिमल्सिना बताउछन ।
खासगरि अाधा समयमा कति विकास भयो र कति गर्न सकियो चुनौति अवसर सबै कुरा किताबमा समेटिएको उनले बताए । हामी सबैको विकास र प्रगति चाहान्छौ नगरप्रमुख टिपि शर्माको भनाई छ।








