काभ्रेपलान्चोक – काभ्रे जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेका छन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान रहेता पनि केही स्थानीय तहहरुले भने आज सार्वजनिक गर्न सकेनन् ।
१३ वटा स्थानीय तह रहेको काभ्रे जिल्लाको ८ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ भने ३ स्थानीय तहले भने नीति तथा कार्यक्रममात्रै ल्याएको छन् ।
भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार बिनियोजन गरिएको भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले राम्रो सन्देश लाई जानकारी दिनु भयो । आज भएको ७ साताँतौ गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम तथा बजेट पेश गर्नु भएको थियो ।








