१७ ,  चैत  / काभ्रेपलाञ्चोक –  बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड २०७५ पूर्वराष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यमा भब्य रुपमा सम्मान भएको छ ।

कार्यक्रममा यादवले सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा। यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । ‘वेदबाट सुरु भएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ,’ उनले भने, ‘अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।‘ नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनको जिकिर थियो ।

पूर्वराष्ट्रपति डा। यादवले नेपाल विविध भौगोलिकताले भरिएको मुलुक भएकाले विभिन्न जातजाति र बहुभाषिक हुनु स्वाभाविक भएको बताए । ‘मुलुकमा परिवर्तन भएको छ, आशा गरौँ विपन्नता हट्नेछ, ‘उनले भने । उक्त कार्यक्रममा उनले नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान गरिएको छ ।