काभ्रे (बनेपा) जिल्ला बनेपा नगरपालिका वडा नं ३ मा सक्षम र सबल नेतृत्व वडा अध्यक्ष केपि दाहाल निर्वाचित सँगै वडाको स्वरुप मा निकै नै परिवर्तन आएको छ। उहाँको नेतृत्वले वडामा संकलन भएका आर्थिक बर्ष ७६/७७ का २९ वटा योजना मध्ये २३ वटा योजना सम्पन्न भई सकेको उहाले बताउनुभयो ।

यसैगरि वडा न ३ मा बन्दै गरेको नवनिर्मित वडा भवनको पनि काम भईरहेको र यो वडा भवन अहिले दुई तल्ला बन्ने र तल्लो तलामा ३ कोठा र माथिल्लो तलामा ४ कोठा गरि जम्मा ७ कोठा को सुविधा सम्पन्न भवन बन्ने भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद दाहाल ले बताउनु भयो । उहाँले भन्नुभयो लकडाउनमा पनि हामी भवन निर्माण मा जुटिरहेका छौ।
वडा अध्यक्ष केपि दाहालले अब ७७/७८ को योजना हरु पुर्वाधार हुने खालको छनोट गर्ने । र योजनाहरु गौरवको योजना हुने उहाँले बताउनुभयो ।

उहाले थप्नुभयो वडाका गौरवका योजना अब पर्यटन र विकास हुने यसको हामीले मोटामोटी छनोट गरिसकेको बताउनुभयो ।
उहाले हाम्रा गौरवका योजनाहरु काभ्रे भिमसेन पर्यटन प्रवर्द्धन (ससिपानी) वासुकि एकीकृत विकास(वासुकि) , देविस्थान लाई पर्यटन प्रवर्द्धनका हिसाब ले गौरवको योजना बनाउनसक्ने र पहल गर्ने अध्यक्ष केपि दाहाले बताउनुभयो ।

विकास निर्माण मा सबैको सकृयता हुने हो भने समृद्धि को बाटो टाढा नभएको र सबैले अनुभव गर्ने पाउने वडा अध्यक्ष केपि दाहालले एकटिभ मिडिया नेपाल सँग बताउनुभयो ।