सिमित श्रोत साधनको बाबजुत पनि अधिकतम परिचालन भएका छौँ ; काभ्रे ट्राफिक प्रहरी प्रमुख बिशाल तामाङ


काभ्रेपलान्चोक – दोलखा जिल्लामा जन्मनुभएको प्रहरी निरिक्षक बिशाल तामाङ हाल काभ्रे ट्राफिक प्रहरी प्रमुख हुनुहुन्छ । २०७२/०६/०१ गते बाट प्रहरी निरिक्षक पद बाट सेवा सुरु गरेको बताउनु हुन्छ । दोलखा जिल्लामा नै बाल्यकाल बिताउनु भएको प्रमुख तामाङ हाल काठमाडौं बसोबास गर्दै आउनु भएको छ । भन्नुहुन्छ `ट्राफिकमा यो मेरो पहिलो पोष्टिङ हो मैले काभ्रे ट्राफिक प्रमुखको जिम्मेवारी २०७६/०९/०३ गते बाट सुरु गरेको हु ´ प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख बिशाल तामाङसँग गरेको लकडाउन सम्बन्धि विशेष कुराकानी ;

० कोरोना भाइरसको माहामारी फैलिरहेको छ यस्तो अवस्थामा ट्राफिक प्रहरीमा के कस्तो समस्याहरु देखा परेका छन् ?
सिमित श्रोत साधनका बाबजुत ट्राफिक प्रहरी सडकमा अधिकतम परिचालन भएका छौ । आम सर्वसाधरणहरु अनावश्यक रुपमा सडकमा निक्लिदा सर्वसाधरण सँग
सामाजिक दुरी कायम गरेर डिउटीमा खटिन कठिनाई हुनुका साथै उच्च जोखिम समेत रहेको छ । कोरोना भाईरसकै कारण लामो समय देखी हामी घर परिवार बाट टाढा भएर बस्नु परेको छ ।

० काभ्रेमा लकडाउन खुकुलो भएको जस्तो देखियोनी सुरुवाती दिन भन्दा आज भोली धेरै सवारी साधन चलेको देखिन्छ । माथिको आदेश हो की तपाईहरुले चेक जाँच नगर्नु भएको ?
खुकुलो देखिएको हो तर खुकुलो भएको होईन पछिल्लो समय बैंक बितिय संस्था र सरकारी कार्यालय खुल्ला भएकोले कर्मचारीहरुको आवागमन बाक्लिएकोले त्यस्तो देखिएको हो । अन्य अनावस्यक रुपमा सवारी संचालन गर्न दिएका छैनौ ।

० यस्तो भयावह स्थितिमा सुरक्षामा खटिएका प्रहरीहरु लाई सुरक्षित हुने स्रोत र साधन सरकार बाट पर्याप्त देखिन्छ त ?
सरकार बाट पनि आएका छन तर अहिले सम्म निजि तथा सामाजिक संध संस्थाहरु बाट पर्याप्त मात्रामा आवस्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पाईरहेका छौ ।

० हाल सम्म लकडाउन अवधिभर के कति सवारी साधन कार्वाहीमा परे ?कति जति राजश्व जम्मा भयो होला हजुरलाई यकिन छ ?
लकडाउन सुरु भए देखी हाल सम्म १५९१ ओटा सवारी साधन लकडाउन उलंघन गरी कार्वाहीमा परेका छन र ति सवारी साधन बाट १३६९०००।– राजश्व संकलन भएको छ ।

० लकडाउनको समयमा पहिला भन्दा बढि सवारीसाधन दुर्धटनामा परेका छन यसको कारण के होला ?
सवारी साधनको तुलनामा सवारी दुर्घटना खासै बढेको छैन प्राय भएका दुर्घटना पनि अर्को सवारी साधनको कारणले नभै आफै अनियन्त्रित भएर दुर्घटना हुने को संख्या बढी छ । यसो हुनुको कारण अहिले जति पनि सवारी साधन चलेका छन ति कि त बिरामि बोकेका सवारी साधन छन कि त बिरामि भेट्ने वा अन्य आपतकालिन/आकस्मि कामका सवारी साधन छन तेसो हुँदा बिरामि भेट्न वा बिरामि पुर्याउन जाने सवारी साधन हतारले गर्दा तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएका छन । यध्यपि हामिले त्यस्ता सवारी साधनलाई प्रत्येक चेकपोष्टहरुमा रोकेर बिस्तारै जान अनुरोध गरेका हुन्छौ ।

० अन्तमा ?
हामी तपाईहरुकै सेवामा अहोरत्र खटिएका छौ हामी सबैले लकडाउनको समयमा सरकार बाट भएका निर्णयको पुर्ण पालना गर्दै सामाजि दुरी कायम गर्दै असल र जिम्मेवार नागरीकको भुमिका निर्वाहा गरौ धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्