काभ्रेपलान्चोक – नेपाली काँग्रेस काभ्रेले जिल्ला प्रशासन कार्यालय, काभ्रे मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ बुँदे ज्ञापन–पत्र बुझाएको छ । पार्टीको जिल्ला सभापति मधु आचार्यको नेतृत्वमा आज (मंगलबार) उक्त ज्ञापन–पत्र बुझाएको हो ।

सरकारको गैर जिम्मेवारी, अकर्मन्यता, कोरोना परिक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याई तथा भ्रष्टचारको विरुद्ध ज्ञापन पत्र बुझाएको जिल्ला सभापति आचार्यले जानकारी दिएकाछन् ।

‘नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ ।’ आचार्यले भने, ‘हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन । तसर्थ कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन यो ज्ञापन पत्र बुझाएका हौं ।’

ज्ञापन–पत्र बुझाउन नेपालीका काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामा, सभासद तीर्थ लामा लगायतका नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

ज्ञापन–पत्रको पूणपाठ यस्तो छः

नेपालमा कोभिड–१९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे नेपाल सरकारको ध्यानाकर्षण गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ साल जेठ २६ गते सम्पन्न बैठकको निर्णय अनुसार श्रीमान् प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष यो ज्ञापन पत्र पेश गरेका छौं ।

नेपालमा २०७६ साल माघ ९ गते कोभिड–१९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो । सरकारी तथ्याङ्क अनुसार आजसम्म नेपालमा कोभिड–१९ को कारण देशभित्र १९ जना नेपालीको मृत्यु भैसकेको छ । देशभरिमा ६ हजार २ सय ११ जना संक्रमित छन् । १ लाख ३३ हजार ८ सय २९ मानिस क्वारेन्टीनमा छन । कोभिड–१९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु भएका र संक्रमित भएका छन । कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौ ।

नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँउबाट कोभिड–१९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन । विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटिई काम गरिरहेका छन । यो कार्य निरन्तर जारी रहने छ ।

नेपाली कांग्रेसले प्रारम्भदेखि नै कोभिड–१९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपायबारे सुक्ष्मरुपले अध्ययन र विश्लेषण गर्दै कोभिड–१९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ ।
नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ । हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन । तसर्थ कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न यस ज्ञापन पत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौ –

(१) सामाग्रीको आपूर्ति: कोभिड–१९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । पिसिआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।

(२) क्वारेन्टाइन व्यवस्थापन: मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस् । सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरिरहेको छ । यस्ता कार्य तत्काल बन्द गरियोस् ।

(३) परीक्षण: विश्वसनीय प्रविधिबाट बढी भन्दा बढी नागरिकको परीक्षणको व्यवस्था गरियोस् । पिसीआर परीक्षण गर्नु पर्नेको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परीक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परीक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् ।

(४) अस्पतालको व्यवस्थापन: कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् । अन्य रोगका सम्बन्धमा सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यकाप्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।

(५) भ्रष्टाचार अनियमितता होईन पारदर्शिता: राष्ट्र विपत्मा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमीसनको जालो भइरहनु निर्लज्ताको पराकाष्ठा हो । सरकार कोभिड–१९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यसको पचास प्रतिशत पनि काम भएको छ ।