काभ्रेपलान्चोक – नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड यूनियन विभाग संयोजक शिवप्रसाद हुमागाईले जिल्लाभरका एम्बुलेन्स चालकहरूलाई पिपिई वितरण गरेका छन् । आज बनेपामा नेता हुमागाईंले एक कार्यक्रमका बीच उक्त सामाग्री बितरण गरेका हुन् ।

हुमागाईले कोरनाका कारण विश्व नै अन्यौलमा रहेकोमा नेपालजस्तो अर्ध विकशित मुलुक पनि अछुतो नरहेको बताउँदै विश्वमा लाखौं, नेपालमा १९ र विदेशमा सयौं नेपालीहरूले मृत्युवरण गरिसकेको बताए ।

गए रोग लाग्न सक्छ र नगए विरामिको मृत्यु हुन सक्ने भएकाले एम्वुलेन्स चालकलाई संक्रमण नहोस र सुरक्षित तवरले चालकले निर्वाद रूपमा एम्वुलेन्स चलाउन हुमागाईले चालकहरूलाई अनुरोध गरे ।

कार्यक्रममा संविधान सभा सदस्य तिर्थवहादुर लामा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेश प्रसाद हुमागाई, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाली काँग्रेसका जिल्ला सदस्यहरू समीर व्यञ्जु, रविन्द्र सिग्देल, अर्जुन सापकोटा, शिक्षक सघका सचिब शम्भु घिमिरे, नेपाली काँग्रेस वनेपा नगर सभापति राम जोशि लगाएत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यस अघि स्वास्थ्य स्वयं सेविकालाई पिपिई र पत्रकारहरूलाई ज्याकेट र माक्स वितरण गरेको थियो ।

कार्यक्रममा काभ्रेमा संचालनमा आएका ३५ एम्वुलेन्स चालकहरूलाई पिपिई वितरण गरिएको थियो । कार्यक्रम संचालन नेपाल ट्रेडयुनियन काभ्रेका सचिव नारायण सापकोटाले गरेका थिए ।