काभ्रे – बनेपा दुई बर्षअघि बनेपामा स्थापना भएको बनेपा हेल्थ केयरले सुलभ शुल्कमा उच्चस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदैैं आएको जगजाहेर नै छ।

विश्वमा माहामारीको रुपमा लिएको कोरोना भाइरस (कोभिड– १९) ले नेपाललाइ पनि अछुतो राख्न सकेन । यसको नियन्त्रण र रोकथामको लागि सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको थियो र यो आजसम्म जारी छ ।

महामारीको रुपमा फैलिएको संक्रमणका कारण नेपालमा पनि हरेक सेवा र क्षेत्र प्रभावित हुँदै आएका छन् । पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्री लगायतका कारणले कतिपय संस्थाले विरामी जाँच र उपचार नै रोकेको यथार्थ हो । बिषम यस परिस्थितीमा पनि बनेपा हेल्थ केयरले आफ्नो जिम्मेवारीबोध गर्दै आफ्ना चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीमार्फत सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्दै आयो । लकडाउनका कारण समस्यामा परेका दीर्घरोगी, नियमित औषधी सेवन गर्नेहरुलाई हामीले घरदेलोमा नै औषधी सेवा समेत पुर्‍याउने जानकारी गराउँदछौं ।

विरामीहरुको सेवालाई अझ परिष्कृत गर्दै विषम परिस्थितीमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउन चाहन्छौं ।
असार १ गतेबाट सरकारले लकडाउनको स्वरुप केही परिवर्तन गर्ने घोषणा गरिसकेको सन्दर्भमा पर्याप्त सुरक्षा उपाय र सावधानी नअपनाए यसले भयावह स्थिती ल्याउन पनि सकिने आकलन गर्न सकिन्छ । पर्याप्त सतर्कता नभए संक्रमितको संख्या धेरै गुणा बढेर जाने कुरामा दुईमत छैन । यसै सन्दर्भमा, विगतको सेवालाई निरन्तरता दिदै बनेपा हेल्थ केयरले जेठ ३२ गतेबाट स्वास्थ्य जांच तथा परामर्श लिन आउनुहुने महानुभावहरुलाई विशेष सावधानी अपनाउदै कोरोना भाइरस र अन्य मुख तथा नाकको माध्यम हुदै सर्ने रोगहरु बाट बचाउन फेस सिल्ड र माक्स निःशुल्क रुपमा उपलव्ध गराउने जानकारी गराउँदछौं ।

हामी हाम्रा विरामीका साथै चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको स्वास्थ्य प्रति सचेत छौंं । सेवामा खटिइरहनुहुने हाम्रा सम्पुर्ण डाक्टर तथा कर्मचारीहरुलाइ हेल्थ केयरले बिमाको समेत व्यावस्था गरेएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै बनेपा हेल्थ केयरले काभ्रे जिल्लामा रहेका विभिन्न संघ संस्थाहरु बुडोल सामुदायिक साकोस, सामुदायिक साकोस, आभाष साकोसनेपाल पत्रकार महासंघ काभ्रे शाखा, एन.एम.वि. बैंक बनेपा शाखा, एक्प्रेस साकोस, आई. एम. ई लाइफ इन्स्योरेन्स बनेपा शाखा, आइ. सि.एफ. सि फाइनान्स लिमिटेड बनेपा शाखालगायतका संस्थाहरुसंग सहकार्य गरि संस्थाका कर्मचारी, शेयर सदस्यहरुलाइ छुटको व्यवस्था गरिरहेको छ भने तत्काल प्रत्येक संस्थाको अफिसमा मेशिनको माध्यमबाट हातमा आउने सेनिटाइजर सहितको डिस्पेन्सर ३० थान संगै ति संस्थाका सम्पुर्ण कर्मचारीहरुलाइ ३०० थान फेस सिल्ड र ३०० थान के. एन् ९५ माक्सको व्यवस्था गर्ने जानकारी गराउँदछौं ।

विरामीको स्वास्थ्य प्रति हामी सचेत छौं र विगतको जस्तै उत्कृष्ट सेवा दिन हामी सधै प्रतिवद्ध रहनेछौं । बनेपा हेल्थ केयर का प्रबन्ध निर्देशक जितेन्द्र थापा ले एकटिभ मिडिया नेपाललाई जानकारी दिनुभयो। स्वास्थ्य सेवा एक मर्यादित, अनुशासित पेशा भएकोले यसमा कुनै पनि सम्झौंता नहुनेमा विश्वस्त तुल्याउछौंँ ।

व्यक्तिगत दुरी कायम गरी भीडभाड नगरी स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्यलाइ विरामी वर्ग तथा उहाँका कुरुवाहरुले पनि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं भनी प्रबन्ध निर्देशक थापा ले जानकारी दिनुभयो।