काभ्रेपलान्चोक – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी च्याप्पिएका थिए।








