काभ्रेपलान्चोक – कोरोना भाइरसले विश्व नै आक्रत बनेको छ दिन प्रति दिन कोरोना भाइरस संक्रमित संख्या बढदो छ यस्तो अवस्थामा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो।
अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।
यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ भने मोटरसाइकलमा एक जनामात्र हिँड्न पाइनेछ।
त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ।
‘यसरी सवारी चलाउँदा एक लहरका सिटमा एक जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ,’ खतिवडाले भने।








