काभ्रेपलान्चोक – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो।

मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको हो। कोरोनाका कारण नेपालमा १४ जनाको मृत्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्।