काभ्रेपलान्चोक – नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । यसै क्रममा आज २ सय १३ जना थपिएका छन् ।

जस मध्य २ सय ९ जना पुरुष र ४ जना महिला रहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । झापा, मोरगं, सुनसरी, रौतहट, धादिगं लगायतका जिल्लामा संक्रमित देखिएका हुन् ।

कोरोनाबाट कुल संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ । यसै गरी निको हुनेको संख्या ४ सय ६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।