काभ्रेपलान्चोक – आर्थिक वर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समयअनुसार दिउसो १२ बजेदेखि डिभी लोटरीको नतिजा चेक गर्न सकिने छ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।
डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ ।
अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन । आर्थिक बर्ष २०२२ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । डिभी लोटरी अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।
आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://dvprogram.state.gov/








