बनेपा – काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर स्वास्थ मन्त्रालयले पुष्टि गर्ने बाँकि रहेको छ ।

काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।