काभ्रेपलान्चोक – चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ। आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो। अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो।