हिन्दू धार्मिक क्षेत्रमा एक उदायमान चम्किला तारा – पं. अस्बिन कौडिन्य (पराजुली)


बनेपा  – काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ५ कोसीपारीमा २०४९/२/१६ शुक्रवारका दिन पिता चन्द्र प्रसाद पराजुली र माता कौसिला पराजुलीको दोश्रो सन्तानको रुपमा जन्म लिएका पं. अस्बिन कौडिन्य (पराजुली) सानै उमेर देखि भागवत कथा वाचन देखि लिएर हिन्दू धार्मिक कार्यमा रुचि राख्ने ब्याक्ती थिए । उनको यस्तो चाहाना रुचि देखेर सबै गाउँका मानिसहरु छक्क पर्थे यति सानो उमेर देखि नै धार्मिक कार्यमा यति धेरै चासो लिएकाले पनि होला उनी अहिले हिन्दू धार्मिक क्षेत्रमा एक उदायमान चम्किला तारा भएका छन ।

उनको रुची अनुसार पारिवारीक वातावरण र परिवारका बाबा आमा दाजु लगायतको प्रेरणाबाट उनी साच्चै उनले सोचेको वा चाहे अनुसार हिन्दू धार्मिक रीतिरिवाज अनुसार बिभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुदै आजसम्म उनले सार्वजनिक, ब्यक्तिगत कथा देखि लिएर पुराण, भागवत पुराण सम्म वाचन गर्न सक्ने अवस्थामा आफ्नो कार्य निरन्तर गरिरहेका छन ।

२७/२८ बर्षको कलिलो उमेरमा यस्ता थोरै ब्यक्ति मात्र हुन्छन जो धार्मिक गति विधिमा लाग्न सकुन तर अस्बिन लाई त्यो उमेरको हदले यो कार्यमा लाग्न रोकेन उनी यति सानै उमेर देखि नै हिन्दू संस्कारका कार्यहरु देखि लिएर धार्मिक गतिविधिमा लागि रहेका छन ।

लकडाउनको समयमा उहाँको दैनिक क्रियाकलाप बारेमा केहि प्रश्न गर्दा उहाँको भन्नुभयो – मैले सानै देखि जुन सपना देखेको थिए सायद पुरा हुने क्रममा छ, किनकी जब मेरा बाबा गाउँघरमा कर्मकाण्डमा जानु हुन्थ्यो, उहाँले कार्यहरु गरेको देखेर मलाई पनि यस्तै गरी कर्म गर्न मन लागेर आउथ्यो पछि समय बित्दै जादाँ मेरा बाबा आमा र मेरा दाईको हौसला र समर्थनले मलाई पनि यता तिर लाग्न प्रेरित गर्यो मैले पनि बिस्तारै यो बाटोमा लागे, आज मलाई धेरै जना भक्तजनहरुले चिन्नु हुन्छ ।

हामी हिन्दू धर्मका अनुयायी भएपछि हामीले गर्नुपर्ने कर्मकाण्डहरु त गर्नैपर्छ साथमा आजभोली नित्य कर्मकाण्ड लगायत पौराणिक कथा, भागवत कथा वाचन लगायतका धार्मिक कार्यहरुका लागि धेरै भक्तजनहरुले सम्झिनु हुन्छ त्यो भए पछि त मैले आजभोली कति स्थानमा समय दिन पनि कठिन भएको छ, यो देख्दा लाग्छ मैले बचपन देखि देखेको सपना पुरा हुदैछ । आज म जे छु मेरा बाबा आमा र दाजुको कारण छु साथमा अरुहरु पनि हुनुहुन्छ जो मलाई सदैव साथ र हौसला प्रदान गर्नु हुन्छ । म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्