लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय


सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन जारी लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्