काँग्रेस नेता हुमागाईंले बाँडे काभ्रेका पत्रकारलाई स्वास्थ्य सामग्री


बनेपा । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका क्रममा अग्रपंक्तिमा रहेका काभ्रेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंले आज (मंगलबार) नेपाल पत्रकार महासंघ, काभ्रे शाखाको कार्यालयमा पत्रकारहरुलाई मास्क र प्रेस ज्याकेट वितरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री वितरण गर्ने क्रमम नेता हुमागाईंले पत्रकारहरुको समस्याकोबारेमा चासो व्यक्त गरेका थिए । विशेष गरि समाचार संकलनको क्रममा पत्रकारले व्यहोरेको समस्या र दैनिकी चलाउने सवालमा चासो लिएका थिए ।

पत्रकारहरुसँग कुरा गर्दै नेता हुमागाईंले कोरोना भाईरसका कारण देश लकडाउन गरेपछि ६० लाख श्रमजीवि बेरोजगार बन्न पुगेकोमा चिन्ता व्यक्त गरे ।

‘मुलुक भित्र रहेका १२ लाख, विदेशमा रहेका ४५ लाख बेरोजगार हुँदै छ । त्यसैगरि छिमेकी देश भारतमा रहेका नेपालीको विवरण हामीसँग छैन ।’ उनले भने, ‘करिब ६० लाख बोरोजगार हुने भएको छ । हामीले चिन्ता गर्नुपर्ने कुरा हो ।’

काभ्रेमा रहेका कुनैपनि क्वारेन्टाइनहरु मापदण्ड अनुरुपको टिप्पणी गरे । स्थानीय सरकारसँग साधन स्रोतको अभाब रहेको मापदण्ड र्पुयाउन नसकेको बताए ।

नेता हुमागाईंले कोरोना विरुद्धमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी अग्रपंक्तिमा लागेको बताउँदै समस्या परे आफूलाई संझिन पत्रकारहरुसँग अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्