काभ्रेको कोशिपारिमा चट्याङ लागेर ४ जना घाइते


कोशिपारी – काभ्रेको कोशीपारी भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । आज बेलुकी परेको हावा हुरी सहित चट्याङ लागेर घाइते भएको बताइएको छ । घाइते हुनेमा प्रकाश महत र उहाँका श्रीमती प्रमिला महत रहेका छन् ।

त्यस्तै नारायण महत र उहाँका श्रीमती बिमला महत पनि घाइते भएको स्थानीय एक युवा नेताले राम्रो सन्देश डटकम लाई  जानकारी दिए । दिउँसो हावा, हुरी र पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्