थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा  संक्रमितको संख्या ६७५ पुग्यो


काठमाडौं –नेपालमा आज थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा दुई जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा पाच जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जना, भेरी अस्पताल , नेपालगञ्जमा  पाच  जना, प्रदेश अस्पताल सुर्खेतमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्