काभ्रेपलान्चोक – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।








