मेक्सिकोमा कोरोनाबाट दैनिक मृत्युमा नयाँ रेकर्ड


काभ्रेपलान्चोक – उत्तर अमेरिकी मुलुक मेक्सिकोमा शुक्रबार कोरोना भाइरसबाट दैनिक मृत्युमा नयाँ रेकर्ड कायम भएको छ।

शुक्रबार ४ सय ७९ जनाको मृत्यु हुनुकासाथै २ हजार ९ सय ६० नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै मेक्सिकोमा कोरोना संक्रमित संख्या ६२ हजार ५ सय २७ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ८९ पुगेको छ।

मेक्सिकोमा फरवरीको अन्तिममा पहिलो पटक कोरोनाको संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्