काभ्रेको कोशिपारि चौंरीदोउरालीका १० जनामा कोरोना नभएको पुष्ठि


काभ्रेपलान्चोक – बनेपा आरडीटी परिक्षण गर्दा कोरोना संक्रमण देखाएको चौंरीदेउराली गाउँपालिकाका १० जनामा संक्रमण नभएको पुष्टि भएको छ ।

पिसिआर परिक्षण गर्दा सबैजनाको नेगेटिभ आएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिएका छन् ।
गत बुधबार (जेष्ठ ७) गते गरिएको आरडिटी परिक्षणमा १० जनाको पोजिटिभ देखाएको थियो । अध्यक्ष गौतमका अनुसार पीसिआर परिक्षणको लागि धुलिखेल अस्पतालमा स्वाभ परिक्षण गर्दा सबै जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ

प्रतिक्रिया दिनुहोस्