Breking ; बिहानै थपिए १७ जना कोरोना संक्रमित, संख्या ४४४ पुग्यो


काभ्रेपलान्चोक – नेपालमा बुधबार एकैदिन १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको  कुल संख्या ४४४ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टी गरेको छ ।

कचनकवल गाउँपालिकाको वडानम्बर ३, ६ र ८ का १८, १८ , १९, २२, २३, २३, २५,२६, २६, २८, ३० ३२, ३७ र ४६ वर्षीय झापाका पुरुषहरु, धनकुटाका ३४ वर्षीय एक पुरुष तथा धरान उपमहानगपालिका निवासी ५१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्