बोलेरो जीप दुर्घटना दुई जना बेपत्ता


काभ्रेपलान्चोक – सुनकोशी नीर बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

जीप सडकबाट खसेर बिचमै अड्कीएको र त्यसमा सवार व्यक्ति भने सुनकोशीमा खसेका हुन् । बोलेरोमा सवार २ जना बेपत्ता भएको स्थानिय यूवा समाजसेवी होमराज माझीले जानकारी दिए । उनका अनुसार बा १६ च ८८३८ नम्बरको बोलेरोमा चालकसहित केही स्थानिय यात्रुहरु थिए ।

बोलेरो दुर्घटनामा बेपत्ता हुनेमा भुम्लु १ घर भएका अशोक गिरी र भुम्लु ४ घर भएका भोला महत रहेको उनले बताए । दुर्घटनालगत्तै प्रहरी र स्थानियहरुको सहयोगमा उनीहरुको खोजी जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्