‘मायामा जात हुन्न’ भन्दै एडभेन्चर स्टार गौतम खाती


काभ्रेपलान्चोक – मोडेल साया भण्डारी तथा एडभेन्चर स्टार गौतम खाती अभिनित ‘मायामा जात हुन्न’ बोलको गीतको म्युजिक भिडियोको हालै शुटिङ सम्पन्न भएको छ । काठमाडौंको बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरी सम्पन्न गरिएको भिडियो निर्देशक सुरज श्रेष्ठले जानकारी दिएका छन् ।

भिडियोमा केशव विश्वकर्माको सिनेम्याटोग्राफी रहेको छ भने सम्पादन कार्य आर्यान खडकाको रहेको छ । मेकअप सन्ध्याको रहेको छ ।प्रस्तुत भिडियोको गीतमा पुषकर सुनुवारको स्वर, केशव विश्वकर्माको संगीत र जीवन लुइँटेलको शब्द रहेको छ ।

 

भिडियोमा नेपालमा पौराणिक कालदेखी चलि आएको रुढिवाद परम्परा र हालसम्म पनि जनचेतनाका कारण बिधमान तल्लो र माथिल्लो जातिमा हुने भेदभावका बाबजुद पनि गरिने प्रेम सम्बन्धलाई चित्रण गर्न खोजिएको कुरा निर्देशक सुरज श्रेष्ठले बताएकाछन्।भिडियो अर्को हप्ता नै बुढा सुब्बाको युटुब च्यानलमार्फत रिलिज गरिने कुरा भिडियो टिमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्