काभ्रेपलान्चोक – राजानन्द माण्डब्यको शब्द तथा रचना र गायक तिलक बस्नेतको स्वरमा रहेको राष्ट्रभक्ति ‘सिमाना’को गीत केही दिन अगाडि बाट सार्वजनिक गरिएको छ ।
नेपालको सीमा बचाउन सबैलाई अनुरोध गर्दै जेठ ३ गते गीत सार्वजनिक गरिएको हो। नेपालले चाहेर पनि आफ्नो सीमा आफ्नो भन्दै सिमानामा बार तथा पर्खाल लगाउने साहस गर्न सकेको छैन।
यो गीतले कोही वीर सपुत जन्मियोस् जसले सिमाना पर्खाल लगाएर आफ्नो देश सीमा बचाउन सकोस् भन्ने कामना गरिएको छ। वीर गोर्खालीका सन्तानले विश्व जनगतमा चिनिने नेपाली आफ्नो भूमि नै मिचिदा चुपचाप बस्ने भनेको आउँदो पुस्ताले अझै पिडा भोग्नु निश्चित प्राय छ।
त्यसैले एस गीतका शब्दले देशको स्वाभिमान,पहिचान र सिमानाको रक्षार्थ सबै नेपाली एक हुनुपर्ने सन्देश दिएको छ।








