काभ्रेपलान्चोक – क्वारेन्टाइनबाट भाग्दै गरेका नवलपरासीमा तीन जना व्यक्ति समातिएका छन्।
पश्चिम-नवलपरासीको रामग्राम नगरपालिकास्थित आदर्श माविमा बनाइएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार साँझ भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता वीरेन्द्र थापाले बताए।
यसरी भाग्न खोज्नेहरू तीन दिनअघि भारतबाट आएका नगरपालिकावासी हुन्। उक्त क्वारेन्टाइनमा ४९ जना रहेका छन्








